चोक–चोकमा सरसफाई स्वयमसेवक
Nov. 29, 2021, 4:55 a.m.
सुर्खेत । वीरेन्द्रनगरका चोक–चोकमा सरसफाई स्वयमसेवक खटिएका छन् । नगरका दशवटा चोकमा सरसफाई स्वयमसेवक खटाइएको हो ।
हरित पुर्नउत्थान प्रवर्द्धन परियोजनाअन्तर्गत सफाई अभियानलाई निरन्तरता दिन र नगरलाई सफा राख्न चोक–चोकमा स्वयमसेवक खटाइएको हो । वीरेन्द्रनगर नगरपालिका सुर्खेत तथा यूएनडीपीको सहयोग र अन्तरनिर्भर समाज सुर्खेतको सहजीकरणमा यो अभियान चलाइएको हो ।
वीरेन्द्रचोक, एरिचोक,गणेशचोक, मंगलगढीचोक, पीपिराचोक, एयरपोर्टचोक, नगरपालिकाचोक, घण्टाघरचोक, धमलाचोक लगाएतका चोकहरुमा सरसफाई स्वयमसेवक खटाइएको छ ।
चोकहरुमा खटाइएका स्वयमसेवकहरुले जथाभाबी फोहोर गर्नेहरुलाई निगरानी गर्नुका साथै आवश्यक परे नगरपालिकाको फोहोरमैला कार्यविधि अनुसार कारबाहिका लागि नगरपालिकामा जानकारी समेत गराउनछन् ।
सवारीचालक, पैदलयात्री लगाएत स्थानिय व्यापारीहरुलाई सरसफाई सम्बन्धी सचेतना दिने काम चोकमा खटाइएका स्वयमसेवकहरुले गर्ने अन्तनिर्भर समाज सुर्खेतका कार्यकारी व्यवस्थापक विवेककुमार शाहीले जानकारी दिए ।
उनका अनुसार सरसफाई सन्देश दिन र चेतना बृद्धिगर्नका लागि सञ्चालित परियोजनामा नागरिक तथा स्थानिय व्यापारिमा अटेरीपन सुरु भएपछि चोक–चोकमा स्वयमसेवक खटाई निगरानीका साथै सफाई गर्न थालिएको हो ।
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी समेत भएकोले अन्य जिल्लाहरुबाट आउने नागरिकलाई वीरेन्द्रनगरमा फोहार जथाभाबी फाल्नुहुँदैन भन्ने सन्देश दिनपनि यो अभियान सुरु गरिएको हो ।
‘कसले फोहोर फाल्छ प्रमाणका लागि भिडियो समेत खिचिन्छ ’ शाहीले भने “ तर त्यहि काम पटक–पटक दोहोर्याएपछि भने हामीहरु भिडियो सार्वजनिक गर्न बाध्य हुन्छौं ।”
वीरेन्द्रनगरलाई सफा र सुन्दर नगर बनाउनका लागि स्थानिय व्यापारी, स्थानिय नागरिक र पैदलयात्री तथा सवारीचालकहरुको समेत उत्तिकै भुमीका हुनुपर्ने उनले सुनाए ।
अन्य जिल्लाहरुमा आँफुलेपनि फोहोर जथाभाबी नफाल्ने र कसैले फालेको देखे जसले देख्छ उसैले कारबाहि गर्ने गरेको शाहीले बताए । त्यहि संस्कार वीरेन्द्रनगरमा समेत सिक्न जरुरी भएको उनले सुनाए ।
हरित शहर निर्माण योजनामा स्वयमसेवक परिचालन
Jan. 30, 2022, 7 a.m.
सुर्खेत । वीरेन्द्रनगर नगरपालिको हरित शहर निर्माण योजना कार्यान्वयनका लागि स्वयम्सेवक परिचालन गरिएको छ । अन्तर्रनिर्भर समाज सुर्खेतले नगरमा रोपिएका सातहजार विरुवाको रेखदेखका लागि ४० जना स्वयम्सेवक परिचालन गरेको हो ।
रत्नराजमार्ग लगाएत वीरेन्द्रनगर नगरपालिका वडा नं ४, ५, ६,७, ८, ९,१० र ११ मा रोपिएका विरुवाहरु गोडमेल र मलजलको एकहप्ते अभियान सुरु गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका र युएन्डिपीको आर्थिक सहयोगमा अन्तर्रनिर्भर समाज सुर्खेतले वीरेन्द्रनगरमा हरित पुर्नउत्थान कार्यक्रम लागु गरेको छ । उक्त अभियान अन्तर्रगत सरसफलाई अभियानकर्तालाई बोटविरुवा संरक्षणका लागि एकहप्ता सम्म परिचालन गरिएको हो । बिहिबारदेखी सुरुभएको यो अभियान आगामी बुधबार सकिनेछ ।
अन्तरनिर्भर समाज सुर्खेतका कार्यकारी व्यवस्थापक विवेककुमार शाहीले नगरका विभिन्न क्षेत्रमा रोपिएका विरुवाहरु मरेको खण्डमा रातो रिबन लगाउने र अर्कोपटक उक्त स्थानमा नयाँ विरुवा समेत रोम्ने कार्यक्रम रहेको जानकारी दिए ।
बिरुवालाई गोडमेल र मलपानी समेत यहि अभियानका क्रममा स्वयम्सेवकहरुले गर्ने उनले बताए । ‘विरुवा रोप्नुमात्रै ठुलो कुरा होइन’ उनले भने “विरुवा जोगाउनु महत्वपुर्ण कुरा हो ।” नगरमा विभिन्न समयमा रोपिएका विरुवाहरु जोगाउनेकुरामा अन्तर्रनिर्भर समाजले स्वयम्सेवक परिचालन गरेको उनले सुनाए ।
छ महिनाका लागि नियुक्त गरिएका सरसफाई अभियानकर्ताहरुले नगरको फोहोर मात्रै नटिपि बोटविरुवा संरक्षणमा समेत योगदान दिएको शाहीले बताए । यसका अवला स्वयम्सेवकहरुले नगरका सार्वजनिक स्थलहरुको फोहोर व्यवस्थापनमा निरन्तर काम गरिरहेका छन् ।
४० जना स्वयमसेवकहरुलाई नगरका विभिन्न स्थानमा खटाइएको शाहीले जानकारी दिए ।