वीरेन्द्रनगरमा सरसफाई सप्ताह सुरु

Oct. 29, 2021, 9:10 a.m.

अन्तरनिर्भर समाज सुर्खेतले वीरेन्द्रनगरमा सरसफाई सप्ताह सुरु गरेको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम फिल्ड कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा अन्तरनिर्भर समाज सुर्खेतले शुक्रबारदेखि सप्ताह सुरु गरेको हो । हरित पुनःउत्थान परियोजनाअन्तर्गत वीरेन्द्रनगर नगरपालिकालाई सुन्दर वीरेन्द्रनगर बनाउन सहयोग पुर्‍याउने उद्देश्यले सरसफाई सप्ताह तथा अभियान सुरु गरेको हो ।
अन्तरनिर्भर समाजका कार्यक्रम व्यवस्थापक विवेक शाहीले एक हप्तासम्म सरसफाईका कार्यक्रम सञ्चालन हुने जानकारी दिए । वीरेन्द्रनगरको फोहोर व्यवस्थापनमा सघाउने, सुन्दर नगर बनाउन सहयोग पुग्ने उद्देश्यले सप्ताहका रुपमा कार्यक्रम गरेको र सरसफाई अभियानमा निरन्तर लाग्ने उनको भनाई छ । परियोजनाअन्तर्गत ग्रीन स्वयसंसेवक १० जना र सरसफाई अभियानकर्ता ३० जना व्यवस्था गरिएको र अन्य संघसंस्थासँग पनि साझेदारी गरेर सरसफाई अभियानमा सुरु गरिएको बताए ।
वीरेन्द्रनगरका सडक छेउमा लगाइएका विरुवाको हेरचाह गर्ने, कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउन प्रेरित गर्ने, घरघरमा गएर फोहोर व्यवस्थापनसम्बन्धि चेतना जगाउने लगायतका कार्यक्रम गर्ने संस्थाले जनाएको छ । उनले वीरेन्द्रनगरलाई स्वच्छ र सुन्दर गराउनका लागि सबैको हातेमालोको आवश्यक रहेको बताए । उनले भने, 'आफूले गरेको फोहोर हामी आफैंले व्यवस्थापन गर्नुपर्छ । आफैंबाट सुरुवात गर्न सके परिवर्तन हुन्छ । सरसफाई अभियानमा हामी सबै जोडिएर लाग्यौं भने वीरेन्द्रनगरलाई स्वच्छ गराउन सकिन्छ ।’

Click here to download the file